हिज्जेको खेल : लेख्ने जति फेल !

हिज्जेका नाममा शुरू भएको अराजकताबाट नेपाली भाषालाई मुक्त गर्न प्रयोगकर्ताहरूले आफैं पहल गर्नुपर्ने भएको छ ।
– शरच्चन्द्र वस्ती

‘शहर’ को श पातलो देख्ता रन्का छुट्छ किशोर नेपाललाई । भर्खरै ‘शहरको कथा’ उपन्यास लिएर आएका उनी भन्छन्, ‘चलिआएको हिज्जे बिगार्नु मूर्खता हो ।’ ‘शहीद’ लाई सहिद बनाइएकोमा चर्को असन्तोष पोखेका थिए डा. तुलसीप्रसाद भट्टराईले एक दशक अघि । अहिले खगेन्द्र संग्रौला त्योभन्दा चर्को रनाहामा छन् । ‘शहीद’ शीर्षकको आफ्नो कथा संकलन/पुनर्मुद्रण गराउन लाग्दा त्यसको हिज्जे बदल्नुपर्ने प्रकाशकीय जिद्दीले उनको निद्रा उडेको छ । भन्छन्, ‘अर्थवाहक शहीद लेख्ने हो कि अर्थशून्य सहिद लेख्ने हो, म बिलखबन्द परेको छु । भाषाका फाँटका स्वेच्छाचारी पुरेतहरूले मलाई भाषाको शिशु कक्षामै राखेर मार्ने भए ।’ ‘शायर’ लाई सायर (कपडाको बार) बनाइएको देख्ता झ्वाँक चल्छ जगदीश घिमिरेलाई Continue reading

हिज्जेमा भाडभैलो

श–ष र दीर्घ इकार–उकार उन्मूलन गर्ने उन्मादले नेपाली भाषालाई कमजोर बनाउादै उल्टो बाटोतर्फ धकेल्न थालेको छ ।
 — शरच्चन्द्र वस्ती
हिज्जे वा वर्णविन्यास भाषा होइन तर नेपालीमा गुरुहरूले यस्तो छाप पार्दै आएका छन् मानौं भाषा भनेकै ह्रस्व–दीर्घ, श–ष–स, ब–व आदिको प्रपञ्च बाहेक केही होइन । बितेका चार दशकमा नेपालमा सम्पन्न नेपाली भाषा सम्बन्धी सानाठूला सबैजसो गोष्ठी र कार्यशालाहरू मूलत: हिज्जे र व्याकरणकै सेरोफेरोमा केन्द्रित देखिएका छन् । पत्रपत्रिकामा छापिने गुरुवर्गका लेखहरूको विषयवस्तु मुख्यत: यसैमा सीमित रहने गरेको छ । Continue reading